काठमाडौँ- बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने योजना सार्वजनिक गर्ने भएकी छिन् । ट्रस मंगलबार मात्रै बेलायती प्रधानमन्त्री बनेकी थिइन् । तर, कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन खर्च नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी […]