काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण […]