भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

भक्तपुर– मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुत बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको हो। वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने भएकाले जिल्लाका […]

सम्बन्धित सामग्री

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

मनसुन शुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले  प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको हो ।

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

काठमाडौँ,२६ जेठ । मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको होे ।वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने […]

मनसुनजन्य विपद् जोखिम क्षेत्रमा प्रतिकार्य योजना लागू

काठमाडौं । नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनुभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा वडास्तरीय रूपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको हो । यस वर्ष बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको जानकारी दिए । बाढीमा जसरी पूर्वसूचना प्रणाली छ । अहिले पहिरोका लागि पनि पूर्वसूचना प्रणाली नमूनाका रूपमा ९ जिल्लामा लागू गर्न लागिएको उनको भनाइ छ । गतवर्ष मनसुनजन्य विपद्बाट ४०० बढी मानिसको मृत्यु भएको थियो । एक हजार १०० भन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । पहिरो मात्रै ४०० भन्दा बढी खसेको थियो । गतवर्ष कतिपय क्षेत्रमा हेलिप्याडको व्यवस्था समेत नभएको अवस्थामा नेपालका सबै वडामा हेलिप्याड व्यवस्थापनमा समेत जोड दिइएको छ । विगतकै अनुभवको आधारमा अन्य उद्धार सामग्रीको व्यवस्थापनका लागि आधारभूत काम गरिएको छ ।      प्राधिकरणका अनुसार क्षति भएकाको हकमा विगत लामो प्रयासबाट पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम तत्कालै शुरू गर्न सकिने भएको छ । तथ्यांक विश्लेषणको आधारमा कसरी पूर्वतयारी गर्न सकिन्छ भनेर अन्तरक्रिया र छलफल चलाएर सुझाव समेत लिइएको छ । राहत तथा उद्धार सामग्री ठाउँठाउँमा पुर्‍याउन र तयारीमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री खगराज अधिकारीबाट स्पष्ट निर्देशन आएकाले सोहीअनुसार तयारीमा जुटेको पोखरेलले बताए ।      सरकारबाट कुनै पनि काममा ढिला नहोस् भनेर सम्बद्ध निकायलाई निर्देशन गएको छ । सबै विपद्जन्य घटना सम्बोधनका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अघि बढेको समेत उनले जानकारी दिए । कुन कुन जिल्लामा कस्तो प्रभाव पर्न सक्छ भन्ने छुट्याएर सरोकारवालासँगको समन्वयमा प्रतिकार्य योजना तयार पारेको प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले जानकारी दिए । नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोवास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञहरूले औंल्याएका छन् ।