डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ जना महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा.लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिएको हो ।
वषौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाहरुको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा अप्रेशन गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध निर्देशक आइजंग कुँवरले जानकारी दिनुभयो । उहाँकाअनुसार टीएएच विधिद्वारा गरिएको अप्रेशनमा प्रति बिरामी चार घण्टा समय लागेकाे थियाे ।...