काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ। गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो।आइतबार जसपाका नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका कमिटीका संयो