संघले अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने भए : सांसद आचार्य

नेकपा एमालेका सांसद एवम् प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यले संघीय सरकारले अधिकार नदिएका कारण प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन् । उनले संघीय सरकार निकम्मा बन्दा प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहेको बताए ।