विकटको व्यथा : एस्काभेटरको बकेटबाट तारेर ट्याक्टरमा लगियो मुस्ताङमा खोप

पर्वत : प्रायः वर्खामा हेलिकोप्टर र हिउँदमा सडक मार्ग हुँदै विकट ठाउँमा अत्यावश्यक सामग्रीहरू पुर्‍याउने गरिन्छ। यतिबेला देशभर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम चलिरहेको छ।तोकिएकै समयमा खोप केन्द्रमा खोप लगेर लक्षित समूहलाई दिनुपर्ने छ। तर, अत्यधिक वर्षाका कारण विकट जिल्लाका विकट ठाउँमा सडक मार्ग त कठिन छ नै मौसमको प्रतिकूलताका कारण आकाश मार्गको अवस्था पनि उस्तै छ।यही परिवेशमा हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा समयमै नै खोप लैजान र नागरिकलाई दिनका लागि त्यहाँका क