काठमाडाैं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् ।
त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले...