नगरप्रमुखका उम्मेदवार : कस्तो छ जीवनसाथीको होस्टेमा हैँसे ?

श्रीमान् श्रीमती एकै रथका दुई पाँग्रा हुन् । हरेक क्षेत्रमा पति पत्नीलाई एकअर्काको सहयोग उत्तिकै आवश्यक हुन्छ । नेपाली काँग्रेस काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहका पति प्रकाशमान सिंह आफ्नो पत्नीको जितको लागि घरदैलो कार्यक्रममा सँगसँगै  हिँडेका छन् । चुनाव प्रचारप्रसारमा उनी सक्रिय भएर खटेका छन् । पति राजनीतिज्ञ नै भएका कारण सिर्जनालाई अरुको तुलनामा पतिको सहयोग सहज भएको हुन सक्छ । तर सबैको जोडीको हकमा यो संभव हुन्न । गठबन्धनबाट भरतपुर महानगरकी प्रमुख उम्मेदवार रेणु दाहालको श