‘भारत सरकारले सम्मानयोग्य व्यक्ति छनोट गरेको छ’

नेपाली भाषाका साहित्यकार एवं चर्चित ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्री यसैसाता भारतको पद्म–श्री पुरस्कारबाट सम्मानित भए । क्षेत्रीलाई गत सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको कार्यक्रममा उक्त सम्मान प्रदान गरे ।पद्म–श्री पुरस्कार भारतको चौथो सर्वोच्च सम्मान हो । लीलबहादुरले पाएको यस सम्मानबाट भारतमा रहेका नेपाली भाषीलाई मात्र नभई विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीले गर्व महसुस गरेका छन् । लीलबहादुर क्षेत