पोखरा : नेपाल साहित्य महोत्सव २०७६ को दोस्रो दिन १२ सत्र सञ्चालन भए। शनिबार फेवा तालको किनारमा भएको कार्यक्रममा नेपाली लोक संगीतदेखि राजनीतिसम्मका विषयहरुमाथि छलफल भए।
पहिलो सत्र ‘लोकगीत कि लोकप्रियता?’ भन्ने शीर्षकमा लोक गीत अध्यता झुमा लिम्बु, लोक गायिका हीरादेवी कोइराला र गायक प्रकाश सपुतले विषयमाथि मन्थन गरे।