कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताएका छन् । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने बताए ।खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ र नियमावली सम्बन्धी कृषि मन्त्रालयले आयोजना गरेको गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले खाद्य सुरक्षा ऐनको बारेमा स्थानीय तहमा व्यापक छलफल गरी अगाड