नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं । एमालेको लोकप्रियता जनता