काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राजा महेन्द्रको प्रसंगलाई लिएर दुई कम्युनिष्ट नेताहरुबीच घोचपेच भएको छ। नेकपा मालेका महासचिव सीपी मैनालीले राप्रपा राष्ट्रवादी शक्ति भएको उल्लेख गर्दै महेन्द्रको प्रशंसा गरेका थिए। उनले भने, ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भूटानजस्तो हुनबाट जोगाउने पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ राजा महेन्द्रले नै हो। दिल्ली सम्झौतामा उल्लेख […]