काठमाडौं : स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन। गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो।गएराति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ।सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आज बिहान ११ बजे बालुवाटार