काठमाण्डाै - प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ ।
हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको बैठकस्थलमा रहेका एमालेका एक नेताले बताएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा फैसला गर्ने न्यायाधीशहर...