वर्ड फाइलमा गोप्य डकुमेन्ट राख्दै हुनुहुन्छ ? यसरी लक गर्नुहोस्

१४ भदौ, काठमाडौं । तपाईले माइक्रोसफ्ट वर्ड डकुमेन्टमा विभिन्न संवेदनशील तथा गोप्य जानकारीहरु टाइप गरेर राख्नुभएको छ र अरुले त्यसलाई खोलेर हेर्न नसकुन् भन्ने चाहनुहुन्छ भने तपाईले आफ्नो वर्ड फाइललाई पासवर्ड राखेर लक गर्न सक्नुहुन्छ । अरुले पनि खोल्ने कम्प्युटरमा आफ्नो निजी जानकारी सहितको डकुमेन्ट राख्नका लागि यो पासवर्ड सुरक्षा विधि निकै उपयोगी हुन्छ । […]