भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य दोब्बर बनाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो ।