रारामा पूर्वाधार विकास न पर्यटकीय चहलपहल

पर्यटकीय चहलपहल नबढ्दा र पूर्वाधार निर्माण नहुँदा रारा राष्ट्रिय निकुञ्जको अवस्था स्थापनाको ४७ वर्षसम्म पनि उस्तै छ । रारा र छाप्रुगाउँका बासिन्दालाई बाँकेको चिसापानी र गाभरमा सारेर २०३२ सालमा निकुञ्ज स्थापना गरिएको थियो । रारामा अरू संरचना त बनेका छैनन् नै, स्थापनाका बेला खनिएको घोडेटोसमेत उही छ । निकुञ्ज कार्यालय अहिले पनि जीर्ण भवनमा सञ्चालन भइरहेको छ । मध्यवर्ती क्षेत्रका बासिन्दा गरिबीकै चपेटामा बाँच्न बाध्य छन् ।