एमाले लमजुङ अधिवेशन : बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमाले लमजुङको ८ औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुशासित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् । जिल्ला समन्वय समिति लमजुङ