तस्वीर : कञ्चनपुरको हात्तिबोझाका किसानको खेतमा उखुसँगै लगाएको आलु खेती

बेलौरी नगरपालिकाको हात्तिबोझाका किसानको खेतमा उखुसँगै लगाएको आलु खेती । उखुसँगै आलु खेती गरेर यस क्षेत्रका किसानले मनग्य आम्दानी लिँदै आएका छन् ।  तस्वीर : रासस  

सम्बन्धित सामग्री

काठमाडौंमा आलु खेती [तस्वीर]

काठमाडौं शंखरापुर नगरपालिकाको साँखुमा खेतमा किसानले व्यावसायिक रू पमा लगाएको आलुखेती । तस्वीर : रासस

सहकारीद्वारा सामूहिक आलु खेती

गलेश्वर, ९ साउन । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ । सहकारीले […]

बझाङमा दुई दशकदेखिकाे बाँझो जमिनमा आलु खेती

बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेकाे जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् । आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ । गहुँ, जौ र फापर लगाउने […]

कावासोतीमा सामूहिक आलु खेती

काठमाडौँ,८ माघ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० […]

नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ । गत वर्ष भन्दा यो वर्ष जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या उल्लेख्य रुपमा बढेको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाको सबैभन्दा बढि आलु उत्पादन हुने […]

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव खेप्दै आएका काभ्रेली किसान सहज रूपमा मल किन्न नपाउँदा आलु खेती छाडेर के बाली लगाउने भन्ने चिन्तामा छन्। काभ्रे जिल्लाको मण्डनदेउपुर, पाँचखाल, पनौती नगरपालिकालगायतका स्थानमा […]

गुल्मीको मुसीकोटमा सामूहिक आलु खेती

१८ जेठ, गुल्मी । गुल्मी मुसीकोट नगरपालिका–८ कि लक्ष्मी सापकोटा गाउँमा समूहमा आलु खेती गर्छिन् । समूहमा खेती गर्दा मल राख्न, पानी लगाउन र बीऊ किन्न सजिलो भएकाले उनलाई एक्लै खेती गर्दा भन्दा सजिलो भएको छ । स्थानीय तुलसी सापकोटालाई पनि सामूहिक आलु खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको छ । लक्ष्मीनारायण महिला […]

कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला

पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।...

आलु मिसन कार्यक्रमअन्तर्गत पाल्पामा बेमौसमी आलु खेती शुरु

साउन ५, पाल्पा । पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।  न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिए । उनका अनुसार हिउँदमा उम्रेकोको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातका समयमा रोपिने गरिन्छ । जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । जिल्लाको रैनादेवी छहरामा भने गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न बेमौसमी आलु खेती थालिएको उनले जानकारी दिए । निस्दीमा मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा खेती थालिएको हो । स्थानीय ३० कृषकले ३० रोपनी जग्गामा एक हजार ६०० केजी आलुको बीउ रोपेको संस्थाका व्यवस्थापक हेमबहादुर खाम्चाले बताए । उनका अनुसार कृषि ज्ञान केन्द्र पाल्पाको  रू. एक लाख तथा सहकारी संस्थाको रू. एक लाख गरी रू. दुई लाखको लगानीमा खेती शुरु गरिएको हो । वडा नं ४ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बेमौसमी आलु खेती गर्न थालिएको कृषकहरु बताउँछन् । मित्यालको झ्याल्टुङ्, रुप्सेभन्ज्याङ, काफल, भोर्मा र खोप्लाक क्षेत्रमा कृषकले आलु खेती गरेको निस्दी कृषि शाखा संयोजक खिमराज कोइरालाको भनाइ छ ।  ज्ञान केन्द्रले वर्षायाममा आलु खेतीका लागि उपर्युक्त स्थान छनोट गरी निस्दीमा आलु लगाउन सुझाव दिए पनि कोरोनाको संक्रमण नियन्त्रणका निम्ति भएको निषेधाज्ञाले बीउ खरीद गरेर गाउँसम्म ल्याउन निकै समस्या भएको संस्थाले जानकारी दिएको छ ।  डडेल्धुरादेखि कार्डिनल जातको रातो आलु खरीद गरेर निकै कष्टसँग ल्याएर रोप्दा समयमै आलु लगाउन नपाएको व्यवस्थापक खाम्चाले बताए । उनका अनुसार जेठ महीनामै लगाउने आलु असारमा मात्रै रोपे पनि राम्रोसँग उम्रिएको र राम्रै उत्पादन हुने अपेक्षा गरिएको छ । त्यस्तै जिल्लाको माथागढी गाउँपालिकामा पनि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा कौडेलेक व्यावसायिक कृषक समूहको व्यवस्थापनमा करीब ४० रोपनी जग्गामा ४० क्विन्टल आलु रोपिएको सो केन्द्रले जानकारी दिएको छ । माथागढी गाउँपालिकाको ओलेसमा रोपिएको वर्षे आलुबाट राम्रो उत्पादन भएको समूहका अध्यक्ष अर्केश्वर सारुले बताए । माथागढीमा भने चैतमा नै आलु लगाए पनि समयमा पानी नपरेर समस्या भएको कृषकले जानकारी दिएका छन् ।  उनले भने, ‘समयमा पानी नपरेर समस्या भयो,  उत्पादन भने तेब्बर लिन सफल भइयो ।’ माथागढीमा करीब ३२ कृषकले बेमौसमी आलु खेती गरेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भने संघीय सरकार तथा कृषि शाखाको सहयोगमा आलु पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।   कृषि शाखाप्रमुख सुनिता पोखरेलले गाउँपालिकाको चार स्थानमा गहुँ तथा आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाअनुरुप पालिकाको वडा नं ४ मेहलढाँपमा बेमौसमी आलु खेती गरिएको जानकारी दिए । पालिकाको वडा नं ४ भुवनपोखरी र ७ को बल्डेङगढीमा गहुँ, ८ सत्यवतीमा हिउँदेआलु तथा ४ मा बर्खेआलु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई सहयोग गरिएको करीब ६५ क्विन्टल आलु कृषकले लगाएका छन् ।  स्थानीय आलु पकेट कृषक समूहले करीब ८० रोपनी क्षेत्रफलमा बेमौसमी आलु खेती गरेको छ । वर्षातको समयमा पनि चिलाउनी, तीतेपाती, असुरोको छापो तथा प्लाष्टिक मल्चिङको प्रयोगबाट राम्रो उत्पादन लिन सकिने विभिन्न कृषि शाखाले जानकारी दिएको छ । रासस

कोरोनालाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् ।