असार २१, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको आइतवार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समिति समक्ष राजिनामा दिएका हुन् । अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिवको जिम्मेवारी सम्हाल्ने बैंकले जानकारी दिएको छ ।