भोट माग्नेमाथि भारी परेका थापाजीका ३ यक्ष प्रश्न

गत मंगलबार सहकर्मी सुवास श्रेष्ठसँग तनहुँको स्थलगत रिपोर्टिङ सकेर लमजुङ उक्लियौँ । दमौलीबाट डुम्रे आएर बेसीशहरतिर मोडिएको हाम्रो बिहानी यात्रा रोचक, कष्टकर र चुनौतीपूर्ण पनि थियो । कात्तिक महिना भए पनि बाटो छोप्ने गरी हुस्सु झरेको थियो । तर त्यत्ति शीत पनि थिएन, जसले हाम्रो ज्याकेट निथ्रुक्कै भिजाओस् । डुम्रेबाट अलि माथि डाँडामा पुगेपछि बाटो पनि सोध्ने र चिया पनि खाने भन्दै सहकर्मी सुवासजीले मोटरसाइकल छेउ लगाए । र, छिर्‍यौँ नजिकैको एक चियाखाजा घरमा ।काँग्रेस वरिष्ठ नेता रा