५ असार, काठमाडौं । मेलम्ची बजारकी जमुना गौतमको परिवार शुक्रबार बिहान मेलम्ची नदीमा आएको बाढीले आधा पुरिएको घरको फुटेको झ्याल फोड्दै थिए । काठको भर्याङ हालेर दोस्रो तल्लाबाट परिवारका केही सदस्य घरभित्र पस्न थाले । उनीहरूको हातमा कोदालो, बन्चरो र साबेल थियो । तीन तलाको घरको तेस्रो तलासम्म बाढीसँगै आएको लेदोले पुरिएकाले उनीहरूले भिजेको खाट […]