पुस १३ गतेदेखि सञ्चालित माओवादी महाधिवेशनको समापन अध्यक्ष प्रचण्डले २६६ जना केन्द्रीय सदस्यको नामावली पढेर सुनाएसँगै समापन भएको छ । यो वर्ष भएका चार वटा महाधिवेशनहरू (नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र माओवादीमा) आधारभूत भिन्नता रहेन । कुनै पनि अधिवेशनले निरन्तरतामा क्रमभङ्ग गर्न सकेनन् । आफ्ना पुराना सोच र चिन्तनबाट एक कदम पनि अगाडि बढ्न […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सार्वजनिक गर्ने घोषणा सभा शुरू भएको छ ।
चितवनको सौराहामा मंगलवार साँझ घोषणा सभा शुरू भएको हो । घोषणा सभामा अध्यक्षमा पराजित भीम रावल पनि सहभागी छन् ।
मंसिर १० गते शुरू भएको महाधिवेशन मंगलवार समापन हुँदैछ ।
मंगलवार भएको निर्वाचनमा रावलाई पराजित गर्दै केपी ओली अध्यक्षमा निर्वाचित भएका थिए ।
भोट माग्ने क्रममा रावलले अध्यक्षमा पराजित भएमा अन्य पदमा नबस्ने घोषणा गरेका थिए ।
नेकपा एमालेका नेताहरूले जारी १०औं राष्ट्रिय महाधिवेशन भोलि आइतवार सहमतिमा नेतृत्व चयन गर्दै समापन हुँदै बताउन थालेका छन् ।
चितवनको सौराहमा महाधिवेशनको बन्दसत्र चलिरहेका बेला नेताहरूले सहमति हुने सन्देश सञ्चार गरिरहेका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा भोलि आइतवार समापन हुने दाबी गरे ।
उनले भने, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ । महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा भोलि १२ गते समापन हुन्छ ।’
कार्यालय सचिव तामाङले नेतृत्व चयनमा हुनसक्ने...
नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा एमालेले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । तामाङले तोकिएकै समयमा भोलि १२ गते महाधिवेशन सक्ने दाबी गरेका हुन् ।उनले महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा नेतृत्व चयन गरेर १२ गते समापन हुने पनि बताए । एमालेमा सहमतिमा नेतृत्व चयनको पहल गरिरहेको भएपनि ठोस आकार भने आइसकेको छैन । भीम रावलले अध्यक्ष पदको उम्मेदवारबाट ब्याक नहुने बताइरहेका छन् । एमालेको महाधिवेशन शुक्रबार उद्घाटन भएको थियो भने अहिले बन्दसत्र जारी रहेको छ ।
नेकपा एमालका केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको दसौँ महाधिवेशन तोकिएको समयमा नै सम्पूर्ण रुपमा सहमतिका आधारमा सम्पन्न हुने बताएका छन्। पदाधिकारी व्यवस्थापनमा विवाद भएकाले चुनाव हुनसक्ने सम्भावना रहेको समाचारहरु बाहिर...
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ ।
एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए ।
तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।
‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको स...
काठमाडौं : नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको छ।प्रथम विधान महाधिवेशनको समापनका अवसरमा एमालेले पार्टीको महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा गर्ने निर्णय गरेको हो।गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन्। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाको जवाफ दिँदै जनताको बहुदलीय जनवाद कठिन वर्गसंघर्षबाट प्रतिपादित सिद्धा
आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए । यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यस
नेकपा एमालेको जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आइतबार सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आइतबार पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।आइतबार प्