नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता बढाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा हटेपछि वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणलाई तीब्रता दिएका हुन ।
कोरोना भाइरस संक्रमणको महामारीमा पोलमा हुकिङ्ग गरी चोरेर बिद्युत प्रयोग गर्ने अत्यधिक बढेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण संयुक्त टोलीले पोलमा सिधै हुकिङ्ग गरेर प्रयोग गरिरहेको विभिन्न बिद्युतीय सामग्रीहरु बरामद गरेको छ ।