पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि सामान्य रुपमा नियमित जसो लागिरहने रुघाखोकी स्वात्तै हरायो । औषधि उपचार नगरीकनै घाँटीको एलर्जी निको हुनुको मुख्य कारण नियमित रुपमा मास्क प्रयोग र हातको सरसफाइ भएको उनको बुझाइ छ । उनी आजकाल कोरोना महामारीको संक्रमण दर कम भएपनि घरबाहिर निस्कँदा नियमित म