लमजुङ । डुम्रे–बेंसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । लमजुङको बेंसीशहर नगरपालिका–१ दलालमा अवस्थित छहराको फेंदीको सुन्दर पोखरी । ८० मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी लिन्छन् […]