टाउको दुखाइबाट कसरी मुक्ति पाउने ?

काठमाडौं- तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ । माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ । पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हाम...