पोखरा : नेकपा एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको २ वटा प्रस्ताव दर्ता गराएको छ। एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको हो।एमालेले पोखराबाट अन्तरराष्ट्रिय उडान थाल्न र लम्पी स्किन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेको छ। एमाले सचेतक देवका पहारीको उडानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदद्वय यशोदा रिमाल र कृष्ण पाठकको समर्थनमा दर्ता भएको छ। विमानस्थलका ला