९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट विद्युतको पहुँच, १२ अर्ब ३३ करोड मुनाफा आर्जन

काठमाण्डाै - देशका ९५ प्रतिशत नागरिकमा राष्ट्रिय ग्रिडबाट बिजुली बत्तीको पहुँच पुगेको छ । अहिले ५१ लाख ३० हजार ग्राहक पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत् चुहावटलाई १३ दशमलव ४६ प्रतिशतमा कायम गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकउत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन र गुणस्तरीय एवम् भरपर्दो विद्युत् सेवाका लागि प्राधिकरणको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । प्राधिकरणका कार्यकारी निर्दे...