कजाकस्तान दंगामा के हो बाइडन कनेक्सन ?

कजाकस्तानमा एक सातादेखि चलिरहेको दंगामा अमेरिकी राष्ट्रपति जो बाइडन र उनका छोरा हन्टर बाइडनको सम्बन्ध रहेको खुलासा भएको छ ।  अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको लगानीमा अनुसन्धान गर्ने कम्प्युटर वैज्ञानिक क्लिन्ट एरलिकले आफ्नो ट्विटर अकाउन्टमा एउटा थ्रेड लेख्दै यस विषयमा खुलासा गरेका हुन् ।  भूराजनीतिमा यसको ठूलो महत्त्व रहेको उनको भनाइ छ । उनको थ्रेडको अनुवाद यहाँ प्रस्तुत गरिन्छ । कजाकी सुरक्षाबलहरूले देशका पूर्व सुरक्षा प्रमुख करिम मास्सिमोभलाई देशद्रोहको मुद्दामा पक्राउ गरेका छन् । मास्सिमोभलाई देशका पूर्...