अमेरिकाको भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी

राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका अनेकौं निर्णयहरु उल्ट्याउन चाहेका छन् । पहिलो दिन नै ट्रम्प प्रशासनका निर्णयहरु उल्ट्याउने उनको तयारी छ । मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको निर्माण कार्य रोक्ने र ईस्लामिक देशका नागरिकमाथि लागेको भ्रमण प्रतिबन्ध हटाउने उनको तयारी छ । अमेरिकी समयअनुुसार बुधबार दिउँसो सपथ लिएपछि उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माणाधीन पर्खालको काम रोक्न आदेश दिनेछन् । डोनाल्ड ट्रम्पले यस पर्खाल निर्माणलाई प्राथमिकतामा राखेका थिए । त्