सुपर सर्टको ट्रेन्ड

अमेरिकी गायिका केटी पेरी कपाललाई नयाँ–नयाँ स्टाइल दिइरहन्छिन् । कहिले कर्ली बनाउँछिन्, कहिले पिंक कलरमा रंग्याउँछिन् त कहिले सर्लक्कै कालो बनाइदिन्छन् । यसपालि भने उनले कपाललाई ठुटै पारेकी छन् । प्ल्याटिनम रङको छोटो कपाललाई सुहाउने मेकअप गर्न उनलाई कसले सिकाओस् ।