अव काठमाडौं-धुलिखेल हाइड्रोजन बस चल्ने, केयू र धुलीखेल अस्पतालबाट एलपी ग्यास हटाउने

माघ, २६ काठमाडौं । अव काठमाडौंबाट धुलिखेल सम्म दुई ओटा हाइड्रोजन ऊर्जाबाट चल्ने बस सञ्चालन हुने भएका छन् । हाइड्रोजना ऊर्जाको उत्पादन र प्रयोगका लागि  धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ऊर्जा उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको काठमाडौं विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा विराज सिंह थापाले बताए । नेपालमै पहिलोपटक स्थानीय तहको अगुवाइमा यस्तो समझदारी भएको थापाको भनाइ छ । उक्त समझदारी पत्रमा बुधवार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ विभागका डिन प्रा डा मनिष पोखरेल र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा आगामी पाँच वर्षसम्म हाइड्रोजनको माध्यमबाट सञ्चालन गर्ने गरी दुई ओटा बस धुलिखेलबाट काठमाडौंसम्म सञ्चालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्यासलाई विस्थापित गरी हाइड्रोजन ग्यास प्रयोग गर्ने उल्लेख छ । 'अहिलेको लागि २ वर्षभित्र हाइड्रोजन बस चलाउने र केयू र धुलिखेल अस्पतालको भान्साबाट एलपी ग्यास विस्थापित गर्ने योजना हो', थापाले आर्थिक अभियानसँग भने, 'भविष्यमा थप के - के गर्न सकिन्छ त्यसमा पनि सहकार्य गर्ने गरी समझदारी भएको हो ।'  त्यसका लागि नगरपालिकाले नीति तथा कानून निर्माण गर्ने, रोटरी क्लवले आर्थिक संयोजन र विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने छन् ।

सम्बन्धित सामग्री

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको…

अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ,१ भदौ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री […]

अर्थ मन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन […]

विद्युतीय पूर्वाधार नभई एलपी ग्यास विस्थापित नगर्न सुझाव

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्यासको खपतलाई तत्कालै निरुत्साहित गर्न नहुने बताएका छन् ।अध्यक्ष मल्लीले सरकारले नै विभिन्न इन्डक्सन चुलोको प्रयोग गरी एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नसक्ने बताए । उनले जलविद्युत नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको बताए । उनले उत्पादन भएको विद्युतको खपत बढाएपनि विद्युत प्रयोग गर्ने […]

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्व अन्ततः सहमतिमै छनौट गरिएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा  कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।  यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध

आयल निगम भन्छ, ‘एलपी ग्यास अभाव हुँदैन’

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास अभाव नहुने बताएको छ। केही दिनअघि एलपी ग्यास उद्योग संघले सिलिन्डर भरिहाल्न सर्वसाधारणलाई भनेको थियो। संघले ग्यास अभाव हुन सक्ने बताएपछि सर्वसाधारण आत्तिएर सिलिन्डर मौज्दात गर्न थालेका थिए। तर, निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यक्ताअनुसार ग्यास आइरहेको जानकारी दिए। उनले भने, ‘हामीसँग २१ दिनलाई पुग्ने मौज्दात पनि छ।’