काठमाडौं : नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग