अमेरिकाले आफ्ना कुनै अधिकारी २०२२ मा चीनको पेकिङमा हुने शीतकालीन ओलम्पिकमा सहभागी नहुने घोषणा गरेको छ तर, उसले खेलाडीलाई खेलकुद प्रतिस्पर्धामा भाग लिन भने नरोक्ने बताएको छ।आफ्नो देशमा हुने खेलकुद प्रतियोगिता बहिष्कार गर्नेलाई ‘प्रतिशोधात्मक’ कारबाही गर्ने चीनले चेतावनी दिएका वेला अमेरिकाले यस्तो जानकारी दिएको हो।नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको मानवअधिकार हनन गरेको विरोधमा खेलकुदको कूटनीतिक बहिष्कार गर्ने विचार गरिरहेको बताएका थिए।चीनले राजधानी पेक