नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएको उहाँको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका […]