फागुन ३०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गते (मंगलवार) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा आवेदकले चैत २१ गतेसम्म आवेनद दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।