राज्यले कला क्षेत्रको गहना चिन्नै सकेन : माओत्से गुरुङ

पर्वत : नेपाली चलचित्र क्षेत्रमा भन्दा नाटक खेल्ने रङ्गमञ्चमा चलेका र रुचाइएका अभिनेता हुन माओत्से गुरुङ।कास्कीको पोखरा महानगरपालिका–३१ तालबेँसीका स्थायी बासिन्दा उनी २०४६ सालमा ‘पञ्च’ नाटकमा खेलेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन्। चलचित्रमा भन्दा नाटकमा नै जमेका उनी अहिले चलचित्रमा पनि रोजाइमा परेका छन्।चलचित्र ‘पुरानो डुङ्गा’ मा भक्तेको चरित्रमा देखिएका उनको अभिनयलाई दर्शकले निकै रुचाए। किनकि त्यो बेलासम्म आइपुग्दा नेपाली चलचित्रहरूको पुरानो शैलीभन्दा रङ्गम