तेब्बर कैदीबन्दीले कारागारमा संक्रामक रोगको जोखिम

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम बढेको छ । २५ जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको पनि जोखिम बढेको छ । ‘भौतिक दूरी कायम हुने त कुरै छैन, कोरोनाको पनि जोखिम छ,’ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौं, व्यवस्थापनमा निकै चुनौती छ ।’ ‘कारागार भित्रैको कम्पाउन्डमा २ टेन्ट हालेका छौं, त्यसभि...