काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गरेको छ। आयोग परिसरमा दिउँसो १ बजे पत्रकार सम्मेलनमा आयोगले अन्तिम नतिजा घोषणा गरेको हो।यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ।त्यस्तै, प्रदेशतर्फको अन्तिम मत परिणाम पुस २ गते प्रदेश प्रमुखलाई बुझाउने पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते आइतबार आयोगले प्रमाणपत्र प्रदान गर्ने बताएको छ।