काठमाडौं। नियमविपरीत उठाएको ब्याज पुस महिनाभित्रै फिर्ता गर्न बैंकहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने भएको छ। मोबाइल फोनको बिक्री ४० प्रतिशतसम्म घट्यो। भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढेको निजी क्षेत्रको आरोप छ। भाटभटेनी सुपरमार्केटमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइन्छ।