काठमाडौं : यातायात व्यवस्था विभागले गत फागुन ३० गते एउटा सूचना जारी गर्याे। सूचनामा उल्लेख थियो, ‘चैत १ गतेदेखि हालसम्म परेको अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहेको जानकारी गराइन्छ।’ विभागले बुधबार (हिजो) विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बेलुका ५ बजेदेखि समस्या समाधान नभएसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जानकारी गरायो।