माइक्रोसफ्टले ल्यायो गज्जबको एआई टूल, एउटा फोटोबाटै तयार पारिदिनेछ तपाईंको भिडियो

माइक्रोसफ्ट कम्पनीले आफ्नो नयाँ एआई टूल सार्वजनिक गरेको छ । यो नयाँ टूलमा गज्जबको प्रविधि रहेको छ । यस एआई टूलको मद्दतले तपाईंले कुनै फोटोबाट एउटा भिडियो सिर्जना गर्न सक्नुहुनेछ । त्यो भिडियो कुनै चानचुने भिडियो …

सम्बन्धित सामग्री

च्याट जिपिटीको मातृ कम्पनीले ल्यायो नयाँ टूल, लेखेको आधारमा भिडियो बनाइदिने

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ । मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ […]

ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’, हलिउडलाई धक्का दिन सक्ने

काठमाडौं । च्याट जीपीटी निर्माता ओपन एआईले यसैसाता ल्याएको नयाँ भिडियो एआई टुल ‘सोरा’ले विश्व फिल्म तरंगित बनेको छ । शब्द टाइप गरेकै भरमा गुणस्तरीय र आकर्षक भिडियो बनाइदिने यो जेनेरेटिभ एआईले हलिउडलाई धक्का दिन सक्ने अनुमान गरिएको छ । फिल्म र एनिमेसन उद्योगलाई प्रभावित तुल्याउने विश्लेषण गरिएको यो एआई टुलले के हलिउडलाई विस्थापित गर्ला […]

डिशहोमले ल्यायो ‘क्याम्पस वाईफाई सोलुसन्स’

काठमाडौं (अस) । डिशहोम फाइबरनेटले नयाँ प्रविधिमा आधारित इन्टरनेट ‘क्याम्पस वाईफाई सोलुसन्स’ सार्वजनिक गरेको छ । धेरैजना मानिस भएको ठाउँका लागि उपयोगी हुने यो प्रविधि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा शनिवार सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर सार्वजनिक गरे । उनले सो किसिमको प्रविधि भित्र्याउने कम्पनीहरूमा डिशहोम पहिलो बनेको दाबी गरे । आचार्यले डेढ वर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका ग्राहक संख्या १ लाख २० हजार पुगेको जानकारी दिए । शनिवार सार्वजनिक गरिएको नयाँ प्रविधि भविष्यलाई दृष्टिगत गरेर ल्याइएको उनले बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन पनि  भविष्य हेरेर नै शुरूआत गरेको र सो प्रविधि अहिले लोकप्रिय बनेको उदाहरण आचार्यले सुनाए । ‘क्याम्पस  वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यकता र रुचिमा पर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । डिशहोमले ल्याएको क्याम्पस वाईफाई विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुराँ लगायतका लागि उपयोगी हुने दाबी गरिएको छ । त्यस्तै शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यावसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि पनि उपयोगी हुने कम्पनीको भनाइ छ । उच्च क्षमताको सो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सक्ने आचार्यले बताए । कम्पनीका अनुसार क्याम्पस वाईफाई सोलुसन्समा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पनि समावेश हुन्छ । एआईले ब्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध नहुने कम्पनीको दाबी छ । त्यस्तै सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन नकाटिने बताइएको छ । क्याम्पस वाईफाई सोलुसन्सको मुख्य विशेषता धेरैजनाले एकैपटक स्तरीय वाईफाई चलाउन सक्नु रहेको बताइएको छ ।