जहाज दुर्घटनाबारे प्राधिकरणसँग पर्यटनमन्त्रीले लिए ब्रिफिङ

३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यती एयरलाइन्सको जहाज दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेका छन् । मंगलबार मन्त्रालयमा पदभार ग्रहण लगत्तै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन् । उनले खोज तथा उद्दारको काममा भइरहेको कामको विषयमा समेत अधिकारीबाट जानकारी […]