काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दाबी गरेका छन्। अर्थमन्त्रीले भने, ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन।’ अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए। शर्माले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे। अर्थतन्त्रलाई नियमति […]
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले देशकाे अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको दाबी गर्नुभएकाे छ ।
अर्थ मन्त्रालयमा आज साेमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’
अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य...