आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक राेजगार बाेर्डकाे आग्रह

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट पाउने क्षतिपूर्ति तथा आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन बोर्डले आग्रह गरेको छ । अहिले बोर्डबाटको आर्थिक सहायताको लागि पालिका तहबाटै अनलाइन आवेदन दिन मिल्छ । तर आवेदन भर्ने क्रममा कागजातहरुप्रति सजग नहुँदा पैसा हिनामिनाको जोखिम हुने भन्दै बोर्डले सचेत गरेको हो । सिग्नेचरसहितको चेक, एटिएम तथा बैंक खातासँग सम्बन्धित अन्य कागजात वा सूचना विश्वास गरी अरुलाई दिँदा खातामा भएको पैसाको हिनामिना हुने गरेको बोर्डले जनाएको छ ।  साथै सम्बन्धित खातावालाको...