क्यान्सरको जोखिम : विवाहित महिलाले पाठेघर नियमित जचाऔं

काठमाडौं – पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिला प्रभावित हुने गरेका छन्। नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट एक लाख बिरामीमध्ये १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। क्यान्सरको सुरुवाती अवस्थामा उपचार गरियो भने यो रोग पूर्णरुपमा निको पार्न सकिने चिकित्सकको भनाइ छ। तर, धेरैजसो बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउने प्रवृत्तिले यो रोग […]

सम्बन्धित सामग्री

साउनको पहिलो सोमवार : मन्दिर परिसरमै पूजाआराधना गरी मनाईंदै

साउन ४, काठमाडौं । साउन महीनाको पहिलो सोमवार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् ।  विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महीना र सोमवार भगवान् शिवको महीना एवम् बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवम् दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ ।  मुल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवम् दर्शन गरेर फर्किएका छन् । राजधानीका अन्य शिवालयमा भने रातो एवम् हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमवारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवम् समृद्धिका लागि साउन महीना र सोमवार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवम् पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच ओटा सोमवार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमवार परेको छ । पहिलोपटक साउने सोमवारको व्रत गर्नेले पाँच ओटा सोमवार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमवारको व्रत गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् । रासस