गठबन्धनलाई असहज हुनेगरी अभिव्यक्ति नदिन कांग्रेस निर्वाचन परिचालन समितिको निर्देशन

काठमाडौँ – कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले गठबन्धनलाई अभिव्यक्ति नदिन निर्देशन दिएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकले गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक अभिव्यक्ति नदिन भनेको हो। परिचालन समितिको संयोजक रहेका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको आवश्यकताबारे ब्रिफिङ गर्दै चुनावी तालमेललाई असर पर्ने अभिव्यक्ति नदिन निर्देशन दिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। […]